बाँदरमाथि अमानवीय व्यवहार गर्ने युवक पक्राउ

ताप्लेजुङमा बाँदरमाथि अमानवीय व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । सामाजिक सञ्जालमा बाँदरलाई कुकुर लगाएर यातना दिँदै मारिएको भिडियो सार्वजनिक भएपछि घटनाबारे विभिन्न निकाय तथा संघ संस्थाले चासो व्यक्त गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएपछि अनुसन्धान सुरु गरिएको थियो । अनुसन्धानका क्रममा सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्ने पाँचथरको हिलिहाङ गाउँपालिका–२ सिंहपुर घर भएका तथा हाल ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका-२ थेचम्बु बस्दै आएका २१ वर्षीय संगम भनिने छुप्पु हेम्ब्यालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रतिनिधि सभाको निर्वाचनअघि खेतबारीमा लगाइएको पासोमा परेका बाँदरमाथि आक्रमण गरिएको घटना भिडियोमा देखिएको छ । उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाबारे व्यापक आलोचना र चासो व्यक्त भएको थियो ।

पक्राउ परेका हेम्ब्याविरुद्ध आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

  • Related Posts

    के शहनशिलता को उदाहरन बन्दै इरान

    काठमाडौँ । अमेरिकाले लगाएको समुद्री नाकाबन्दीका कारण इरानलाई करिब ४ अर्ब ८० करोड अमेरिकी डलर बराबरको तेल आम्दानी गुमेको बताइएको छ। एक्सियोसको रिपोर्ट अनुसार यो आँकडा अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले…

    युरोपमा उत्पादित कार तथा ट्रकमा ट्रम्पले लगाए २५ प्रतिशत कर

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सातादेखि युरोपेली संघबाट आयात हुने कार तथा ट्रकमा भन्सार शुल्क बढाएर २५ प्रतिशत पुर्‍याइने बताएका छन् । ट्रम्पका अनुसार युरोपेली संघले यसअघि भएको…

    पहिलो

    के शहनशिलता को उदाहरन बन्दै इरान

    • May 2, 2026
    • 13 views
    के शहनशिलता को उदाहरन बन्दै इरान

    युरोपमा उत्पादित कार तथा ट्रकमा ट्रम्पले लगाए २५ प्रतिशत कर

    • May 2, 2026
    • 17 views
    युरोपमा उत्पादित कार तथा ट्रकमा ट्रम्पले लगाए २५ प्रतिशत कर

    आइपिएलमा आज चेन्नई र मुम्बईबीच भिडन्त

    • May 2, 2026
    • 20 views
    आइपिएलमा आज चेन्नई र मुम्बईबीच भिडन्त

    अनिलको कप्तानीमा अमेरिका र स्कटल्यान्डविरुद्ध खेल्ने नेपाल ए टिमको घोषणा

    • May 2, 2026
    • 19 views
    अनिलको कप्तानीमा अमेरिका र स्कटल्यान्डविरुद्ध खेल्ने नेपाल ए टिमको घोषणा

    के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?

    • May 2, 2026
    • 20 views
    के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?

    बुद्धको १५ फिट लामो सिंहशैय्यासन 

    • May 2, 2026
    • 22 views
    बुद्धको १५ फिट लामो सिंहशैय्यासन