दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १५ असार । सशस्त्र प्रहरी बल नेपाल, बिओपी प्रसौनी भाठ्ठा ले बिहीबार राती करिब १२:०० बजेको समयमा उक्त नाका अन्तर्गत पर्ने मधवल खोला को किनार बाट ३६ कार्टुन गरि जम्मा ३ हजार ६ सय वटा कुखुराको चल्ला बरामद गरेको छ ।

सशस्त्र प्रहरी निरीक्षक प्रकाश थापा का अनुसार मधवल तथा प्रसौनी भाठ्ठा नाका बाट सदियौं देखि चलि आईरहेको चल्ला लगायतका विभिन्न किसिमका तस्करी लाई नियन्त्रण गर्न आफू २४ सै घंटा तैयार रहेको कुरा बताएका छन् ।

त्यसैको परिणामस्वरूप गए राति विशेष सूचनाको आधारमा वहाँ कै कमाण्डमा खटिएको टोलीले यति ठूलो परिमाणमा यो कुखुराको चल्ला बरामद गरिएको र आज स्थानीय प्रहरी, बुद्धिजीवी, पत्रकार तथा भद्रभलादमी हरुको रोहबरमा खाल्डो खनी नष्ट गरिएको छ ।