दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ०७ चैत । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बिल विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा तथा लत्ताकपडाहरू बोकेको पिकअप गाडीलाई मंगलबार आफ्नो नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं. ०८ लिंकरोड स्थित सडक खण्ड बाट यहाँ बाट खटिएको प्रहरी टोलीले ना. ३ च ३१५० नम्बरको पिकअप गाडीलाई रोकी चेक जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अन्दाजी मूल्य रू. ५ लाख ६९ हजार १ सय ७ बराबरको पिकअप र  सो पिकअप भित्र लोड रहेको खुद्रा तथा लत्ताकपडाहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मंगलबार नै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले बताएका छन् ।