दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १९ माघ । वडा प्रहरी कार्यालय, बिर्ता ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब १०:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६, भन्सार गेट बाट प्रतिबन्धित लागुऔषध नाईट्रोभेट सहित दुई जना मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन भन्सारको अगाडीको बाटो हुँदै पैदल यात्रीहरूले लुकाइ छिपाई अवैध लागु औषध भारत बाट नेपाल तर्फ भित्र्याउदै गरेको अवस्थामा त्यहाँ बाट खटिएको नियमित चेकिङ्ग टोलीले चेक जाँच गर्ने क्रममा दुई जना व्यक्तिहरू संकाष्पदरूपमा हिँडिरहेकोमा उक्त व्यक्तिहरूलाई रोकी चेक जाँच गर्दा वीरगञ्ज महानगरपालिका वडा नं. १२, मुर्ली  बस्ने वर्ष १९ को नितेश गुप्ता तथा भारतको विहार राज्य, जिल्ला वेतिया, ग्राम कुढवा मठिया, वडा नं. ०७ बस्ने वर्ष २१ को मंदीप यादवले प्लाष्टिकको झोलामा लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागु औषध नाईट्राभेट १ पत्तामा ३० पिसका दरले २० पत्तामा जम्मा ६ सय पिस फेला परेको हुँदा उक्त लागु औषध सहित निजहरूलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भैरहेको कुरा प्रहरी निरीक्षक विशाल मल्लले बताएका छन्  ।