दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ०२ बैशाख । वडा प्रहरी कार्यालय, बिर्ता ले दुई दिनमा करोडौं बराबरको विभिन्न माल सामानहरू सहित दुई वटा मालबाहक ट्रक आफ्नो नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा बिल विजक भन्दा बढी विभिन्न किसिमका मोबिल लगायतका खुद्रा सामनहरु बोकेको माल बाहक कन्टेनर वीरगञ्ज बाट नारायणघाट तर्फ जाँदै गरेको अवस्थामा विर्ता बाट खटिएको प्रहरी टोलीले सोमबार राति करिब १०:४५ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६, बोखार चोक स्थित सडक खण्ड बाट ना. ३ ख ७७४१ नम्बरको मालवाहक ट्रक रोकी चेक जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहनु को साथै विल बिजक समेत संकास्पद देखिएको हुँदा अन्दाजी मूल्य रू. ६३ लाख बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको मोबिल तथा विभिन्न किसिमका खुद्रा समानहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मंगलबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा प्रहरी निरीक्षक बिदुर प्रसाद शिवाकोटी ले बताएका छन् ।

यसै गरी विल विजक भन्दा बढी विभिन्न किसिमका हार्डवेयर लगायतका खुद्रा सामानहरु बोकेको कन्टेनर वीरगञ्ज बाट लाहान तर्फ जाँदै गरेको अवस्थामा त्यहाँ बाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान करिब ०४:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ०४, रेल्वेरोड स्थित सडक खण्ड बाट ना. ०३ ख ६९९ नम्बरको मालवाहक कन्टेनर रोकी चेक जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अन्दाजी मूल्य रू. ५८ लाख बराबरको कन्टेनर र सो कन्टेनर भित्र लोड रहेको हार्डवेयर तथा विभिन्न किसिमका खुद्रा सामानहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मंगलबार नै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा पनि प्रहरी निरीक्षक शिवाकोटी ले बताएका छन् ।