दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २३ माघ । वडा प्रहरी कार्यालय, बिर्ता ले आईतबार करिब ०४:५० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६, ईनर्वागाउँ स्थित सडक खण्ड बाट अवैध रूपमा भन्सार छली ओसार पसार गर्दै गरेको अवस्थामा विभिन्न किसिमका लत्ताकपडा तथा खाद्यान्न सामग्री पक्राउ गरेको छ ।

उक्त दिन त्यहाँ बाट खटिएको चेकिङ टोलीले ती सामानहरू आफ्नो नियन्त्रणमा लिई बरामद गरि रू. ५ लाख ६९ हजार १ सय ५१ बराबरका मूल्याङ्कन गरि आवश्यक कारवाहीको लागि सोमबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको कुरा प्रहरी निरीक्षक विशाल मल्लले बताएका छन् ।