दीपेन्द्र प्रजापति कालो झोला ।

बीरगंज, १० साउन । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको बिल विजक भन्दा बढी ईलेक्ट्रोनिक तथा खुद्रा समानहरू बोकेको एउटा माल बाहक ट्रकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज बाट चितवनतर्फ जाँदै गरेको अवस्थामा त्यहाँ बाट खटिएको प्रहरी टोलीले मंगलवार राती करिब १०:१५ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १४, गण्डक चोक स्थित सडकखण्डमा ना. ३ ख ५६७१ नम्बरको मालवाहक ट्रक रोकी चेक जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अन्दाजी मूल्य रू. ५५ लाख ८५ हजार ५ सय ८१ बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको ईलेक्ट्रोनिक तथा खुद्रा समानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।