दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २७ कार्तिक । जिल्ला प्रहरी कार्यालय, पर्साले बिल विजक भन्दा बढी खुद्रा तथा औषधीजन्य माल सामानहरू बोकेको ट्रक आईतबार राती करिब ०१:३० बजेको समयमा आफ्नो नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा वीरगञ्ज बाट सिमरा तर्फ गईरहेको ना. ०२ ख ९७३८ नम्बरको मालवाहक ट्रकलाई त्यहाँ बाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. ०८ घण्टाघर चोक स्थित सडक खण्डमा रोकी चेक जाँच गर्ने क्रममा श्री न्यु बजरंग ट्रासपोर्ट बाट पठाईएको ट्रकमा विल बिजक संकास्पद देखिएको तथा Online VCTS विल साथमा नरहेको हुँदा उक्त ट्रक नियन्त्रणमा लिई हेर्दा रू. ६७ लाख ७२ हजार ५ सय १४ बराबरको खुद्रा तथा औषधीजन्य सामाग्रीहरू फेला पारी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।