दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २५ भाद्र । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा आईतबार राती करिब १०:३० बजेको समयमा बिल विजक भन्दा बढी लत्ताकपडा तथा खुद्रा सामानहरू बोकेको एउटा माल बाहक ट्रकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज बाट बाँके तर्फ जाँदै गरेको भे. १ ख ३१९४ नम्बरको मालवाहक ट्रकलाई वीरगञ्ज महानगरपालिका वडा नं. १४, गण्डक स्थित सडक खण्डमा रोकी चेक जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अन्दाजी मूल्य रू. ७५ लाख ९२ हजार ७ सय २४ बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको लत्ताकपडा तथा खुद्रा सामानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि सोमबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन् ।