दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ०५ बैशाख । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा मंगलबार बिल विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू बोकेको दुई वटा मालबाहक ट्रकहरूलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन विरगञ्ज बाट धनुषा तथा सिन्धुली तर्फ लैजाँदै गरेको ती मालबाहक ट्रकहरुलाई यस कार्यालय बाट खटिएको प्रहरी टोलीले सोमबार वीरगञ्ज महानगरपालिका वडा नं. ०८, घण्टाघर स्थित सडक खण्ड बाट ना. ३ ख ५३८४ र ना. ३ ख ६०७५ नम्बरको मालवाहक ट्रकहरूलाई रोकी चेक जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अंदाजी मूल्य रू. ९९ लाख ९८ हजार २ सय ८० बराबरको ट्रकहरू र सो ट्रकहरू भित्र लोड रहेको खुद्रा, हार्डवेयर तथा लत्ता कपडाहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मंगलबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।