दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ०२ आश्विन । वडा प्रहरी कार्यालय, बिर्ता ले बिल विजक भन्दा बढी बिभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा सामानहरू बोकेको एक मालवाहक ट्रक लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

बिशेष सूचनाको आधारमा त्यहाँ बाट खटिएको टोलीले शनिबार राति करिब १०:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १० ग्रिनसिटी चोक स्थित सडक खण्डमा ना ३ ख ४१४१ नम्बरको मालवाहक ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा जे. वि. ट्रासपोर्ट बाट पठाईएको ट्रकमा विल बिजक शंकास्पद देखिएको तथा विल बिजक बिनाका विभिन्न किसिमका लत्ताकपडाहरू समेत फेला परेको हुँदा उक्त ट्रक नियन्त्रणमा लिई रू. ५६ लाख ८७ हजार ३ सय ०६ मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आईतबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।