दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २५ बैशाख । वडा प्रहरी कार्यालय, बिर्ता ले विशेष सूचनाको आधारमा बिल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडा लगायतका मालबस्तुहरू बोकेको एउटा मालबाहक ट्रकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

विरगञ्ज बाट हेटौडा तर्फ लैजाँदै गरेको अवस्थामा त्यहाँ बाट खटिएको प्रहरी टोलीले आईतबार वीरगञ्ज महानगरपालिका वडा नं. ०८, घण्टाघर स्थित सडक खण्ड बाट बा. प्र.०३-००१ ख ०३३२ नम्बरको मालवाहक ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अन्दाजी मूल्य रू. ५२ लाखलाख हजार ७ सय १७ बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको लत्ताकपडा लगायतका मालबस्तुहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि सोमबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा प्रहरी निरीक्षक बिदुर प्रसाद शिवाकोटी ले बताएका छन् ।