दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १० माघ ।  जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा   बिल विजक भन्दा बढी खुद्रा तथा विभिन्न किसिमका लत्ताकपडाहरू लगायतका सामानहरू बोकेको ट्रक वीरगञ्ज बाट काठमाण्डौं तर्फ गईरहेको अवस्थामा सोमबार आफ्नो नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं. २६ चण्डालचोक स्थित सडकखण्ड बाट त्यहाँ बाट खटिएको प्रहरी टोलीले भारतीय नम्बर BR 05 G 9491 को पिकअप र ना. ५ ख ३८४७ नम्बरको मालवाहक ट्रक तथा वडा नं. १०, आदर्शनगर स्थित सडकखण्डबाट बा. प्र. ०३-००१ ख १२६४ नम्बरको मालवाहक ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा K ईन्टरप्राइजेज ट्रासपोर्ट, BS International  ट्रासपोर्ट बाट पठाईएको ट्रकमा विल बिजक संकास्पद देखिएको हुँदा उक्त ट्रकहरू तथा पिकअप नियन्त्रणमा लिई हेर्दा रू. २ करोड १२ लाख ९२ हजार ४ सय ५२ बराबरको खुद्रा तथा विभिन्न किसिमका लत्ताकपडाहरु फेला पारी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मंगलबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकी ले बताएका छन् ।