दीपेन्द्र प्रजापति कालो/झोला ।

पर्सा, १८ माघ । वडा प्रहरी कार्यालय, श्रीपुर तथा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा बाट खटिएको संयुक्त टोलीले बिल विजक भन्दा बढी विभिन्न खुद्रा तथा लत्ताकपडाहरू लगायतका मालबस्तुहरू बोकेको दुई वटा भारतीय ट्याक्टरहरुलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा त्यहाँ बाट खटिएको संयुक्त टोलीले मंगलबार बीरगंज महानगरपालिका वडा नं. २५, ड्राई पोर्ट सडक खण्ड बाट भारतीय नम्बर BR 05 GC 4071 र BR 05 GA 4334 नम्बरको ट्याक्टरहरुलाई रोकी चेक जाँच गर्ने क्रममा विल बिजक संकास्पद देखिएको हुँदा अंदाजी मूल्य रू. २४ लाख बराबरको ट्याक्टरहरू र सो भित्र लोड रहेको सामानहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा प्रहरी कार्यालय, पर्सा का प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकी ले बताएका छन् ।