दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २० असार । वडा प्रहरी कार्यालय, श्रीपुर ले विशेष सूचनाको आधारमा बिल विजक भन्दा बढी स्टेशनरीका सामनहरु बोकेको एउटा माल बाहक ट्रकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

मंगलबार दिउँसो करिब ०४:३० बजेको समयमा सुख्खा बन्दरगाह बाट वीरगञ्ज तर्फ ल्याउदै गरेको ना. २ ख ७३११ नम्बरको मालवाहक ट्रकलाई त्यहाँ बाट खटिएको प्रहरी टोलीले बीरगंज महानगरपालिका वडा नं. २४, रामगढवा चौक स्थित सडक खण्डमा रोकी चेक जाँच गर्ने क्रममा बिल बिजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अन्दाजी मूल्य रू. ५९ लाख ८३ हजार ४२ बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको स्टेशनरीका समानहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।