दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ०६ आश्विन । वडा प्रहरी कार्यालय, बिर्ता ले बिल विजक भन्दा बढी बिभिन्न किसिमका हार्डवेयर तथा खुद्रा सामानहरू बोकेको एक मालवाहक ट्रक लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा त्यहाँ बाट खटिएको टोलीले बुधबार राति करिब ११:५० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १० ग्रिनसिटी चोक स्थित सडक खण्डमा ना ५ ख ४८३१ नम्बरको मालवाहक ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा श्री भैरव ट्रासपोर्ट बाट पठाईएको ट्रकमा विल बिजक संकास्पद देखिएको तथा विल बिजक बिनाका विभिन्न किसिमका हार्डवेयर तथा खुद्रा सामानहरू समेत फेला परेको हुँदा उक्त ट्रक नियन्त्रणमा लिई रू. १ करोड १८ लाख ७६ हजार ६ सय ९१ मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि बिहीबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।