दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २९ मंसिर । सशस्त्र प्रहरी बल नेपाल, बीओपी बरैनिया, बाराले शुक्रबार बिहान करिब ११:२० बजेको समयमा बारा जिल्लाको विश्रामपुर गाउँपालिका वडा नं. ०४, मुसहर्वा सीमा इलाका बाट रु. १ लाख ०९ हजार २ सय बराबरको हार्ड्वयर तथा रु. १ लाख ४९ हजार बराबरको कपडा बरामद गरि कुल रु. २ लाख ५८ हजार २ सय बराबरको सामानहरु आफ्नो नियन्त्रणमा लिएको छ ।

एक्का बिहानै मुसहर्वा सीमा ईलाकामा अवैध रुपमा भन्सार छलि २ जना ब्यक्तिहरुले टाउँमा बोकी भारत बाट थानको कपडा २ सय १४ मीटर, नेटको कपडा १ सय ५३ मिटर, लट्टू खेलौना १५ प्याकेट, मोबाईलको टेम्पर ग्लास ३४ थान तथा मोबाईल कभर १ सय ६६ पिस गरि जम्मा रु. २ लाख ४९ हजार बराबरको सामानहरु नेपालतर्फ ल्याउदै गरेको अवस्थामा त्यहाँ बाट खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक बिशम्बर पासवानको कमाण्डमा खटिएका ४ जनाको पैदल गस्ति टोलीलाई देखसाथ उक्त सामानहरु सोही स्थानमा छाडी ब्यक्तिहरु साईकल लिई फरार भएको हुँदा उक्त सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालय, पर्सा मा बुझाइएको कुरा बीओपीपति सशस्त्र प्रहरी निरीक्षक दीपक थापाले बताएका छन् ।