दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०३ असोज । जिल्ला प्रहरी कार्यालय, पर्सा ले मंगलबार विहान ०६:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ०३, छप्कैया टोल स्थित रेडक्रस ब्लड बैंकको दक्षिण पट्टी भित्री सडकको छेउमा ब्लड बैंकको वालमा टासिई बनाएको सिमेन्टको स्लेप माथि एउटा पुरुषको बेवारिसे अवस्थामा लास फेला पारेको छ ।

पर्सा प्रहरी का प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाका अनुसार जिउ नाङ्गो, निलो रंगको फुल जिन्स पाईन्ट लगाएको र खुट्टामा सेतो स्पोर्ट जुत्ता लगाएको हाल सम्म नाम, थर र वतन नखुलेको अंदाजी वर्ष ३०/३५ को पुरुष व्यक्ति मृत अवस्थामा रहेको भन्ने समेतको सूचना प्राप्त भई तत्कालै यस कार्यालय बाट soco समेतको प्रहरी टोली खटि गई घटनास्थल लासजाँच प्रकृति मुचुल्का लगायतका कार्य सम्पन्न गरी मृतक लास नारायणी अस्पताल वीरगञ्जको शव गृहमा राखी थप अनुसन्धान कार्य भैरहेको छ ।

साथै मृतकको उचाई ५ फिट ६ ईन्च, वजन ६०/६५ के. जी. निलो फुल जिन्स पाईन्ट र स्पोर्ट जुता लगाएको शरीरको बनौट मध्यम रहेको हुँदा उल्लेखित हुलियासंग मिल्ने कोही पुरुष हराइ रहेको भए जिल्ला प्रहरी कार्यालय पर्सामा सम्पर्क राखी अनुसन्धान कार्यमा सहयोग पुर्‍याइ दिन हुन समेत अनुरोध पनि गरेका छन् ।