दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०७ चैत । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा मंगलबार साँझ करिब ०६:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १५ स्थित रहेको भिष्वा होटलको क्यासिनो बाट चार जना मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त साँझ नेपाली व्यक्तिहरूलाई अनाधिकृत रूपमा प्रवेश गराइ जुवा खेलाउदै गरेको भन्ने सूचना प्राप्त हुना साथ त्यहाँ बाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. १५ स्थित रहेको भिष्वा होटलको क्यासिनोमा प्रवेश गर्न खोज्दा प्रहरी टोलीसंग वादविवाद तथा प्रहरी कारवाहीमा वाधा अवरोध गरेको हुँदा कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. १५ बस्ने वर्ष ३२ को प्रताप लामा (CMG Club को सेक्युरिटी गार्ड ), सर्लाही जिल्लाको बरहथवा नगरपालिका वडा नं. ११ बस्ने वर्ष ३४ को उमेश कार्की ( CMG Club को Marketing Manager), वीरगञ्ज महानगरपालिका वडा नं. १६, नगवा बस्ने वर्ष ३४ को पप्पु सिंह ( CMG Club को फ्लास मनिटर ) तथा वडा नं.८ बस्ने वर्ष ४० को सुरज कुमार कलवार लाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भैरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन् ।