दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २७ चैत । बीरगंज महानगरपालिका का उप-प्रमुख इम्तियाज आलमको संयोजकत्वमा गठित अनुगमन समिति को टोलि ले मंगलबार पनि बिरगंज को  दुई वटा नीजि अस्पतालमा छड्के अनुगमन गरेको छ ।  वीरगन्जको गण्डक स्थित  रहेको नारायणी बयोधा मेडिसिटिी अस्पताल र वीरगन्ज कै पानीटंकी रोड स्थित रहेको प्रभु हस्पिटलमा अनुगमन गरेको छ।

बयोधा मेडिसिटी अस्पतालको ल्याब, आईसियु फार्मेसी र चमेनागृह (क्यान्टिन) मा अनुगमन गरिएको र त्यस क्रममा कुनै पनि त्रूटी फेला नपरेको अनुगमन समितिका सदस्य तथा बीरगंज महानगरका कार्यपालिका सदस्य कन्हैया ठाकुरले बताएएका छन् । यसै गरी प्रभु हस्पिटलको पनि ल्याब, आईसियु , फार्मेसी र चमेनागृह (क्यान्टिन) मा पनि अनुगमन गर्दा त्यहाँ पनि कुनै त्रुटी नभेटिएको जानकारी ठाकुरले दिएका छन् ।

ती दुवै अस्पतालहरु मा सरसफाइको अवस्था पनि राम्रो रहेको पाइएको जानकारी समेत दिएका छन् । अनुगमन टोलीमा महानगरका अधिकृत विपीन कुमारलाल दास, समितिका सदस्य कन्हैया ठाकुर, जिल्ला प्रशासन कार्यालय, पर्सा का प्रतिनिधी ब्रम्हदेव यादव, प्रहरी सहायक निरीक्षक बृजकिशोर यादव लगायतको पनि सहभागीता रहेको कुरा उप-प्रमुख का प्रेस सल्लाहकार महम्मद सद्दाब ले बताएका छन् ।