दीपेन्द्र प्रजापति/कालो झोला ।

जनकपुर, १४ जेष्ठ । बिरगंज महानगर पालिकाका उप प्रमुख इम्तियाज आलम ले मधेस प्रदेशका भौतिक पुर्वाधार मन्त्री कृष्ण प्रसाद यादव संग भेटघाट गर्नु भएको छ ।

उप प्रमुख आलम्ले आईतबार मन्त्री यादव लाई दोस्ल्ला र फुल को गुच्छा दिएर बधाई तथा कार्यकाल को शुभकामना दिनु भएको छ । बृहत् छलफल को क्रममा महानगरपालिकाको बजेट तथा महानगर को बिकास को बारेमा छलफल गर्नु भएको थियो । मन्त्री यादव ले भने मधेस प्रदेश को एक मात्र महानगरपालिका बिरगंज महानगरपालिकाको विकास को लागी आफू संग हुने सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै बजेट समेत दिने पनि आस्वासन दिनु भयो ।

आउने वर्ष मा महानगरपालिका लाई राम्रो बजेट दिने आश्वासन मन्त्री यादवले दिनु भयो । यसै क्रममा मन्त्री यादव लाई बिरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल ले दोसल्ला ओढाएर शुभकामना दिनु भएको थियो भने नेपाली कांग्रेसका नेता नविन सिंह, फिरोज आलम, धर्मराज यादव को उपस्थिति रहेको कुरा बिरगंज महानगरपालिकाका उप प्रमुख को प्रेस सल्लाहकार महमद सदाब ले दिएका छन् ।