दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २७ बैशाख । बिरगंज महानगरपालिका को बजार ब्यवस्थापन तथा अनुगमन समिती ले KFC बिरगंजमा छापा मारेको छ । सोसल मिडिया मा KFC को बारेमा गुणस्तरहिन चिकेन बिक्रीवितरण गरिरहेको सुचना पाएपछि बिरगंज महानगर पालिका का उप प्रमुख तथा बजार ब्यवस्थापन तथा अनुगमन  समितीका संयोजक इम्तिया आलम ले तत्कालै बैठक बोलाई अनुगमन गर्ने निर्देशन दिनु भएको थियो ।

बिरगंज महानगर पालिका का कार्यपालिका सदस्य तथा बजार ब्यवस्थापन तथा अनुगमन समितिका सदस्य  कन्हैया ठाकुर को नेतृत्व मा गएको टोलिले बिरगंज आदर्शनगर स्थित स्काईलाइन मल भित्र संचालन मा रहेको KFC मा अनुगमन गरेको थियो । अनुगमन को क्रम मा  KFC  को किचेन र स्टोर मा अनुगम गर्दा फ्रीज मा राखिएको मासु, माछा र दूध राखेको हुदा बिरगंज महानगर पालिका का कार्यपालिका सदस्य तथा अनुगमन समितिका सदस्य कन्हैया ठाकुर ले छुटा छुटै व्यवस्थापन गर्न निर्देशन दिएका छन ।

जथाभाभी समान नराखन र मांसाहारी र सहकारी डिपार्टमेन्ट छुट्टा छुट्टै राख्ने सुझाव समेत दिएका छन्, भने गुणस्तरहिन रहेका मासुहरु खाल्टो खनी पुर्न निर्देशन दिए का थिए । यदि गुणस्तरहिन समान बिक्रीवितरण गर्ने भेटिएमा कडा भन्दा कडा सजाय गर्ने चेतावनी समेत दिएका छन । त्यहाँ रहेको मासुहरु चिकेन लेग पिस मा देखिएको कालो बोनमेरो को र लेगपिसमा दुई वटा मासु भएको हुदा एउटा सेतो मासु र अर्को कालो मासु हुन्छ त्यस्ले गर्दा कालो र सेतो हेरिएको को हो भनी एक भान्सेले बताएको थियो ।

बिरगंज महानगर पालिका का उप प्रमुख तथा अनुगमन समितिका संयोजक इम्तियाज आलम ले नगर बासीहरुको गुनासो ले तत्काल समितीका पदाधिकारीहरु लाई बोलाई तुरन्त  अनुगमन गर्ने निर्देशन दिनुभएको थियो । गुणस्तरहिन बिक्री वितरण गर्ने भेटिएमा कडा कारबाही गर्ने निर्देशन दिनु भएको थियो र बिरगंज का जन्ताको स्वास्थ संग खेलवाड गर्ने जो सुकै भए पनि कारबाही गरिने चेतावनी समेत दिएका छन ।

अनुगमन टोलिका  अनुसार हिजो KFC ले के कस्तो समान बस्तु बिक्रीवितरण गरियो त्यो हाम्रो टिम लाई थाहा भएन तर आज अनुगमन गर्न जादा राम्रो अवस्था मा रहेको भेटियो । हिजो को गुनासो को बारेमा छ्लफल पनि गरेका छौ आउने दिन मा KFC को तर्फबाट कुनै गुनासो न आउने प्रतिबद्धता जनाएको कुरा बताएका छन् ।

उक्त टोलिमा  वीरगन्ज महानगरका खाद्य अनुसन्धान अधिकृत विपिनलाल दास, खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय वीरगन्जका सुरेश कुमार सिंह, वीरगन्ज उद्योग वाणिज्य संघका प्रतिनिधी मनोज दास, जिल्ला प्रशासन कार्यालय, पर्साका प्रतिनिधी ब्रम्हदेव यादव लगायतको पनि सहभागीता रहेको कुरा उप प्रमुख का प्रेस सल्लाहकार महमद सदाब ले जानकारी दिएका छन् ।