दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ०८ भाद्र । बीरगंज महानगरपालिका का प्रमुख राजेश मान सिंह नेपाल विधुत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ सँग नेपाल विधुत प्राधिकरण वीरगंज, वितरण केन्द्रका प्रमुख जितेन्द्र झा लाई समेत सँगै राखेर अनियमित विधुत कटौती समस्या, सडक बत्ती व्यवस्थापनका लागि 5th वायर जडान, वीरगंज महानगर मा भुमिगत तार व्यवस्थापन, पानीटंकी क्षेत्रका घरमाथिको हाईटेन्सन लाईन स्थानान्तरण र बाईपास ईनर्वा क्षेत्रको हाईटेन्सन लाईन स्थानान्तरण र महानगर क्षेत्रमा नाङ्गो तार हटाई केबल वायर जडान लगायतको समस्या समाधानको लागि छलफल गरेका छन् ।

त्यस्तै छलफलमा उठेका विषयलाई समाधानको प्रकृयामा लैजान प्रमुख कार्यकारी अधिकृत घिसिङले वीरगंज केन्द्रका प्रमुख लाई निर्देशन दिनुभएको कुरा महानगर प्रमुख सिंह ले आफ्नो फेसबुक मार्फत जानकारी गराएका छन् ।