दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ०७ भदौ । वीरगंज महानगरपालिका का प्रमुख राजेश मान सिंह तथा कृषि सामग्री कम्पनी लिमिटेड का प्रबन्ध निर्देशक राजेन्द्र कार्की बीच शिष्टाचार भेटवार्ता भएको छ ।

मंगलबार बीरगंज महानगर का प्रमुख सिंह ले आफ्नो फेसबुक एकाउण्ट बाट जानकारी गराउँदै- “आदरणीय किसान दाजुभाइ तथा दिदिबहिनीहरूको लागि थप रासायनिक मलको प्रबन्ध गर्न काठमाडौं स्थित कृषि सामग्री कम्पनी लिमिटेडका एम.डि. राजेन्द्र कार्कीज्यूलाई भेटेर विशेष अनुरोध गरेको छु ।“

त्यस्तै उहाँले- वीरगंज महानगरलाई सधैं सहज रूपमा मल आपूर्तिको प्रबन्ध गर्ने प्रणाली व्यवस्था गर्न अनुरोध सहित महानगर र कृषि सामग्री कम्पनी लिमिटेड विच आवश्यक सहयोग र समन्वय गर्ने समझदारी पनि गरिएको छ ।