विष्णुप्रसाद तिमल्सिना
काठमाडौँ, साउन २२ गते । ऐतिहासिक धार्मिक तथा पुरातत्वको महत्वको क्षेत्र बुढानीलकण्ठ मन्दिर परिसरमा मन्दिर सरसफाइ, वृक्षारोपण तथा शान्तिदीप प्रज्वलन गरिएको छ ।


साउन २० गते शनिवार नवजागरुक युवा क्लब गौरीघाटको आयोजनामा स्थानीय धार्मिक तथा सामाजिक संघसंस्थाको सहभागिता रहेको थियो । सहभागिता जनाउने सामाजिक संघसंस्थाहरूमा गौरीनगर सुधार समिति, गौरीमातृ शक्ति समूह, सामुदायिक सेवा समाज, मैजुबहाल कल्याणकारी गुठी, कुमारीगाल टोल सुधार समाज, सामुदायिक सेवा केन्द्र चावहिल, मैजुकुमारी सार्वजनिक सम्पत्ति संरक्षण तथा बिकास समाज मैजुबहालको अध्यक्ष निर्मला पुडासैनी, सेन्ट लरेञ्ज कलेज चावहिल, नेपाल अटोमोबाइल रिकन्डिसन व्यवसायी संघ, सहनशील नेपाललगायतका संघसंस्थाका पदाधिकारीहरूको सहभागिता रहेको नवजागरुक युवा क्लबका अध्यक्ष अमृतजंग थापाले बताउनुभयो ।


कार्यक्रममा बुढानीलकण्ठ मन्दिर क्षेत्रका वडाध्यक्ष, सामुदायिक प्रहरी सेवा केन्द्र, बुढानिलकण्ठ, नेपाल प्रहरीका प्रतिनिधि तथा स्थानीय युवा, महिलाहरूको समेत सक्रिय सहभागिता रहेको थियो ।