दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा , ३० असार । सामाजिक कार्यमा सबै मिलेर अघि बढनु पर्नेमा पुर्व मन्त्री बिमल प्रसाद श्रीवास्तवले जोड दिनु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं.१६, नगवा स्थित भुटन देबि मन्दिर नजिक रहेको बृद्धा आश्रममा नेपाल प्रौढ संघको आयोजना तथा किरण आँखा अस्पतालको सहकार्यमा आयोजना भएको नि:शुल्क आँखा परिक्षण शिबिरको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पुर्व मन्त्री श्रीवास्तवले आफुले आश्रमलाई निरंतर सहयोग गर्ने बताउनु भयो ।

त्यस्तै कार्यक्रमका बिशिष्ठ अतिथि पुर्व मुख्य मन्त्री तथा प्रदेश सभा सदस्य मोहमद लालबाबु राउत गदीले आफुले विगतमा आश्रम बनाउन सहयोग गरेको तथा आउने दिनमा पनि अधुरा कामहरु पुरा गर्ने प्रतिब्द्धता व्यक्त गगरेका छन् ।

यसैगरी कार्यक्रममा वडा नं. १६ का वडा अध्यक्ष परशुराम चौरसियाले आगामी आर्थिक वर्षमा रु. ५ लाख सहयोग गर्न बचन दिनु भएको छ ।

आयोजित आँखा परिक्षण शिबिरमा १ सय २५ जनाको आँखा परिक्षण भएको स्वास्थ्य पत्रकार समुहका राजकुमार सरर्फाले जनाएका छन् । सो मध्ये १३ जनामा मोतिया बिन्दु देखिएकोले उहाँहरुको नि:शुल्क शल्यक्रिया किरण आँखा अस्पतालमा गराईने कार्यक्रमका संयोजक अशोक कुमार गुप्ताले जानकारी दिनु भयो ।

साथै कार्यक्रममा वडा नं.०८ का वडा अध्यक्ष रितेश गुप्ता, नेपाल प्रौढ संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, नन्दलाल राउत, श्रवण बहादुर रायमाझी तथा मनोज कुमार मिश्र लगायतले मंत्व्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा सबैको रक्तचाप पनि चेक जाँच गर्नुका साथै आश्रममा बृक्षारोप पनि गरिएको थियो ।