बृहत् विज्ञान प्रदर्शनीः ४६ वटा विद्यालयका १२४ वटा प्रोजेक्टहरू

काठमाडौँ, ६ जेठ । बाँसबारीस्थित रिपुमर्दिनी सैनिक महाविद्यालयको १९ औँ वार्षिकोत्सवको अवसरमा ३ दिने प्रधान सेनापति बृहत् विज्ञान प्रदर्शनी सम्पन्न भएको छ ।
आज जेठ ६ गते बलाधिकृत रथी अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा समापन भएको हो । प्रदर्शनीमा देशभरिका विभिन्न सामुदायिक तथा संस्थागत गरी कुल ४६ वटा विद्यालयका १२४ वटा प्रोजेक्टहरूको सहभागिता रहेको थियो ।

रिपुमर्दिनी सैनिक महाविद्यालयले आफ्नो स्थापना दिवसको अवसर पारेर २०७७ सालबाट सुरु गरेको प्रधान सेनापति बृहत् विज्ञान प्रदर्शनीको यो चौथो संस्करण हो ।

प्रदर्शनी विभिन्न विद्यालय तथा महाविद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा सर्वसाधारण गरी पन्ध्र सय जनाभन्दा बढीले अवलोकन गरेका थिए ।

प्रदर्शनीमा नेपाल प्रहरी विद्यालय, साँगा, सेन्ट लरेन्स कलेज, चाबहिल, डियर वाक सिफल स्कुलका प्रोजेक्टहरु क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए ।

त्यस्तै, भ्याली पब्लिक स्कुल, भंगाल र विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय उत्कृष्ट प्रोजेक्ट व्यवस्थापनको रूपमा छनौट भएका थिए ।

समापन समारोहमा बलाधिकृत रथी श्री सिग्देलले छनौट भएका उत्कृष्ट प्रोजेक्टहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

नेपाली सेनाका रथीवृन्द, सैनिक श्रीमती संघका पदाधिकारी, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावकको उपस्थिति रहेको समापन कार्यक्रममा प्रदर्शनीको मुल्याङ्कन समिति लगायत रिपुमर्दिनी सैनिक महाविद्यालयको गत शैक्षिक सत्रमा विभिन्न विधामा उत्कृष्ट छात्रछात्रा र शिक्षक÷कर्मचारीहरूलाई समेत पुरस्कार एवं मायाको चिनो प्रदान गरिएको थियो ।

देशभरिका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालय तथा महाविद्यालयहरू सम्मिलित उक्त बृहत् विज्ञान प्रदर्शनीले विद्यार्थी तथा युवाहरूलाई विज्ञान, प्रविधि र अनुसन्धानमा प्रेरित गर्ने विश्वास आयोजकले लिएको छ ।

  • Related Posts

    आफ्नै घरभित्र दम्पती मृत भेटिए

    काठमाडौँ : मकवानपुरको हेटौँडा उपमहानगरपालिका-५ भैरवरोड नजिक लटिनाथ चिसापानी भन्ने स्थानमा एक दम्पती मृत फेला परेका छन्। स्थानीय ६२ वर्षका केशव भण्डारी र उनकी श्रीमती वर्ष ५६ की अम्बिका भण्डारी…

    विमान दुर्घटना : पाँच शव परिवारलाई बुझाइयो

    काठमाडौं : सौर्य एयरको विमान दुर्घटनामा निधन भएका १८ जनामध्ये ५ जनाले शव बुझेका छन्। त्रिवि शिक्षण अस्पतालमा राखिएका शवहरूको पहिचान सहितको पोस्टमार्टम सकिएपछि शुक्रबार परिवारलाई शव बुझाइएको हो। शुक्रबार…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    पहिलो

    चीनबाट ६५ अर्बको सामान आयात

    • July 27, 2024
    • 6 views
    चीनबाट ६५ अर्बको सामान आयात

    यसरी जोगिन सकिन्छ डेँगुबाट

    • July 27, 2024
    • 6 views
    यसरी जोगिन सकिन्छ डेँगुबाट

    सरकारलाई असफल हुने छुट छैन : सञ्चारमन्त्री गुरुङ

    • July 27, 2024
    • 6 views
    सरकारलाई असफल हुने छुट छैन : सञ्चारमन्त्री गुरुङ

    भोटखोलामा एक महिनादेखि यातायात सेवा अवरुद्ध

    • July 27, 2024
    • 6 views
    भोटखोलामा एक महिनादेखि यातायात सेवा अवरुद्ध

    सहकारी नियमनका लागि छुट्टै संयन्त्र बनाइने

    • July 26, 2024
    • 11 views
    सहकारी नियमनका लागि छुट्टै संयन्त्र बनाइने

    सौर्य एयरलाइन्सले भन्यो– सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत छौं, पीडित परिवारलाई सक्दो सहयोग हुन्छ

    • July 26, 2024
    • 10 views
    सौर्य एयरलाइन्सले भन्यो– सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत छौं, पीडित परिवारलाई सक्दो सहयोग हुन्छ