काठमाडौँ १ कार्तिक । वडा दशैँ, शुभ दीपावली, नेपाल सम्वात ११४४ र छठ चाडपर्वहरु नजिकिँदै गर्दा शान्ति सुरक्षाप्रति जनचेतना जगाउने उद्देश्यका साथ सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र चाबहिलको संयुक्त आयोजनामा बृहत नागरिक सुनुवाइ कार्यक्रममा आज(बुधबार) शहिदस्मृति सामुदायिक भवन परिसरमा सम्पन्न भएको छ ।

उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अतिथिहरुमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोख्रेल,जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्री, प्रहरीवृत्त गौशाला र बौद्धका प्रमुख, जनप्रतिनिधिलगायत स्थानीय शैक्षिक, धार्मिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


उक्त अन्तरकिया कार्यक्रममा स्थानीयस्तरका विविध समस्याका बारेमा नागरिकहरुबाट सोधिएको जिज्ञासाका सन्दर्भमा सम्बन्धित क्षेत्रका प्रहरी प्रमुखले जवाफ दिनुभएको थियो । सोही अवसरमा सामुदायिक अभियानका विविध कार्यक्रम सहयोग पु¥याउने स्थानीय ९ विद्यालयलाई सम्मानीत गरिएको थियो सामुदायिक सेवा केन्द्र चावहिलका अध्यक्ष रमेश महर्जनले जानकारी दिनुभयो ।