काभ्रे, २९ भदौ । शब्दयात्रा प्रकाशनले नृत्यविद्, नृत्य–अन्वेषक तथा लेखिका बेटी बज्राचार्य (पाल्पा)लाई ‘शब्दयात्रा महिला प्रतिभा सम्मान, २०८०’ समर्पण गर्ने भएको छ । यो सम्मान उहाँलाई आगामी असोज महिनामा समर्पण गरिनेछ ।

यस सम्मानको कोष व्यवस्थापन धर्मपत्नी मनका श्रेष्ठको स्मृतिमा लेखक तथा पूर्वप्रशासक द्रोणप्रसाद श्रेष्ठले गर्नुभएको हो । सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा बेटी बज्राचार्यप्रति शब्दयात्रा प्रकाशन परिवारले हार्दिक आभार व्यक्त गरेको शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले बताउनुभयो ।