दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १५ चैत । ग्रीन सिटी प्रहरी सेवा केन्द्र, आदर्शनगर, वीरगन्ज महानगरपालिका र राष्ट्रपति चुरे मधेस संरक्षण बिकास समिती भरतपुरको संयुक्त आयोजना एवं वीरगन्ज महानगरपालिका को सहयोगमा बुधबार बिरगंज-१०, आदर्शनगर को हजारीमल्ल पार्किङ परिसर र अन्य स्थानहरूमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । वृक्षारोपण कार्यक्रममा म्यागो स्टिक १ सय थान, निमको बिरुवा ५० थान गरि जम्मा १ सय ५० थान बिरुवा वृक्षरोपण गरीएको हो ।

उक्त वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि  वीरगन्ज महानगरपालिका का उप-प्रमुख इम्तियाज आलमले बोटबिरुवा मानिस लगायत जिवजन्तु पशुपन्छिहरु लाइ आश्रय, भोजन, शितलता प्रदान गर्ने भएकोले यो अति नै आवश्यक हुन्छ र अहिले बिश्वको तापमान गडबडी हुँदै गएको समयमा प्रकृतिको बैलेन्स लाई संतुलित बनाउन पनि बोटबिरुवाको महत्व अझ प्रासंगिक हुँदै गएकोले हामी सबैले आ-आफ्नो घर र घरको आसपास जहाँ सम्भव छ, त्यहा बोट बिरुवा रोपौ यसले घर र परिसर हरियाली पनि हुन्छ ।

त्यस्तै वृक्षारोपणले वातावरणलाई स्वच्छ पार्नुको साथै स्वच्छ हावामा श्वास प्रस्वास लिन मदत पुग्छ र यो हामी सबैको समाज, देश र प्रकृति प्रती दावित्व पनि रहेकोले वृक्षारोपन गरौ यसले सबैको भलो र फाइदा पुर्याउछ भनी जोड दिएका छन ।

सो वृक्षारोपण कार्यक्रम ग्रिनसिटी समुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरु जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, सहायक प्रमुख जिल्ला अधिकारी  भिमकान्त  पौडेल, जिल्ला प्रहरी कार्यालय, पर्सा का प्रमुख प्रहरी उपरिक्षक कोमल शाह, वडा प्रहरी कार्यालय, विर्ता का प्रहरी निरीक्षक बिदुर सिवाकोटी र बिरगंज युवा समाजका पुर्व अध्यक्ष कमल चौगाइ लगायत बिभिन संघ संस्था, बुद्धिजीवी एवं  ग्रिनसिटी समुदायिक सेवा केन्द्र का पदाधिकारी एवं सदस्यहरुको सहभागिता रहेको थियो ।