भदौ २३ को जडमा पुगेर सम्बोधन नगरिए अर्को विद्रोह हुन्छ- विश्वप्रकाश शर्मा

नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अहिलेको प्रश्न कसलाई जिताउने भन्दा पनि देशलाई कसले सम्हाल्छ भन्ने भएको बताएका छन् ।

नेपाली काँग्रेसले बुधबार जनकपुरधाममा आयोजित प्रतिज्ञा सभामा बोल्दै उपसभापति शर्माले चुनावको मैदानमा भिन्न प्रवृति देखिएको बताउदै भदौ २३ अगाडी देशमा सबै ठिक थियो भन्ने छ र अर्को प्रवृति पुराना सबै बेठिक भएको भन्ने रहेको भन्दै निर्वाचनले देश सम्हाल्नेलाई जिताउनुपर्ने बताएका हुन् ।

उनले सबैले चुनाव अगाडी साझा संकल्प गरेर अगाडी जान आग्रह गर्दै भने- ‘सबै पुस्तालाई, सबै दललाई, साझा सोचको विकास गरौँ, गोलमेच गर्नुपर्छ गरौँ, देशलाई सुशासनमा लैजाने साझा संकल्प गरेर जाउँ । हामी अपिल गर्न चाहन्छौं ।’

उपसभापति शर्माले भदौं २३ को विद्रोहको जडमा पुगेर सम्बोधन गर्न नसकेमा १० बर्षपछि अल्फाको नेतृत्वमा अर्को विद्रोह भोग्नुपर्ने बताए । उनले काँग्रेसले फागुन २१ मात्र नहेरेको बताउदै आफुहरुले २०९२ सालसम्म के के गर्ने हेरिरहेको बताए ।

उनले आफैलाई बदलेर देश बदल्न आएको बताउदै मतदातालाई नयाँ र पुरानो अलमलमा नपर्न आग्रह गरेका छन् ।

  • Related Posts

    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको उपनेतामा सांसद गणेश पराजुलीलाई चयन गरेको छ । पराजुली काठमाडौँ- ७ बाट प्रत्यक्षतर्फ लगातार दोस्रो पटक निर्वाचित सांसद हुन् ।  त्यस्तै विहिबार बसेको…

    संबिधानप्रति प्रतिबद्ध छौं, सरकारलाई शंका नगरौं- मन्त्री वाग्ले

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार संबिधानप्रति प्रतिबद्ध रहेको बताएका छन् । विहिबार अन्तर सरकारी वित्ति परिषद् तथा विषयगत समितिको बैठकमा बोल्दै मन्त्री वाग्लेले सरकार संबिधानप्रति प्रतिबद्ध रहेको र संबिधान परिवर्तन…

    पहिलो

    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    • April 16, 2026
    • 26 views
    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    • April 16, 2026
    • 20 views
    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

    • April 16, 2026
    • 22 views
    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

    संबिधानप्रति प्रतिबद्ध छौं, सरकारलाई शंका नगरौं- मन्त्री वाग्ले

    • April 16, 2026
    • 20 views
    संबिधानप्रति प्रतिबद्ध छौं, सरकारलाई शंका नगरौं- मन्त्री वाग्ले

    संयुक्त राष्ट्र संघको सत्रमा सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले CEPA का उपाध्यक्ष रोल्फ अल्टरलाई भेंटे-

    • April 16, 2026
    • 135 views
    संयुक्त राष्ट्र संघको सत्रमा सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले CEPA का उपाध्यक्ष रोल्फ अल्टरलाई भेंटे-

    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

    • April 16, 2026
    • 19 views
    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ