दीपेन्द्र प्रजापति कालो/झोला ।

बीरगंज, २१ श्रावण । जिल्ला प्रहरी कार्यालय, पर्सा बाट खटिएको प्रहरी टोलीले शनिबार बीरगंज महानगरपालिका लगायत का स्थानहरुबाट भन्सार छलेर चोरी पैठारी गरि ल्याएको विभिन्न किसिमका सामानहरू छोगडा- ५० के.जी., चियापति-१६ प्याकेट, ल्वाङ-१० के.जी., वच्चाको रेडिमेट कपडा-६६ पिस, सेण्डो-४२ पिस, काजु-३० के.जी.(३ कार्टुन) गरि रु.१ लाख ०८ हजार २ सय बराबरको विभिन्न किसिमका सामानहरू नियन्त्रणमा लिएको छ ।

त्यसै गरी प्रहरी चौकी, ईनर्वा पर्साको टोली बाट टिसर्ट / भेष्ट- १ सय ७५ पिस, थानको कपडा-११ थान गरि रू. २ लाख ५० हजार गरि जम्मा अन्दाजी मूल्य रू. ३ लाख ५८ हजार २ सय बराबरको विभिन्न किसिमका सामानहरू नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि आईतबार बीरगंज भन्सार कार्यालय, पर्सा मा बुझाईएको कुरा प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले बताएका छन् ।