दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २४ भाद्र । जिल्ला प्रहरी कार्यालय, पर्सा ले शनिबार बीरगंज महानगरपालिकाको विभिन्न स्थानहरुबाट भन्सार छली चोरी पैठारी गरी ल्याएका साडी ३ सय १२ पिस, लेथको पार्टस ८ वटा, गलेण्डर मेसिन १ थान, कुर्ता सुरवाल २७ पिस, चिनी १ सय ६४ के.जी., थान कपडा २ सय ८५ मिटर, रेडबुल ४८ पिस, पंखा २ थान, केराउ १ सय ०२ के.जी. तथा भेष्ट ९२ पिस गरि जम्मा रू. ८ लाख १६ हजार ३ सय ६० बराबरको बरामद गरी आवश्यक कारवाहीको लागि आईतबार वीरगञ्ज भन्सार कार्यालयमा पठाईएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकी ले बताएका छन् ।