दीपेन्द्र प्रजापति कालो झोला ।

पर्सा, ०६ पुष । विशेष सूचनाको आधारमा प्रहरी चौकी, भिष्वा, सशस्त्र प्रहरी बल, नेपाल बीओपी, भिष्वा तथा बीरगंज भन्सार कार्यालय का अधिकृत खगेन्द्र साहको संयुक्त टोलीले बुधबार दिउँसो करिब ०१:०० बजेको समयमा पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नं. ०५, भिष्वा बजार स्थितमा रहेको बिसमिल्ला मियाँको घरमा फिरोज मिस्त्रीले भाडामा लिएको गोदाम भित्र सृष्टी नामको चामल भन्सार छली चोरी पैठारी गरी ल्याई अनाधिकृत रूपमा भण्डारण गरी राखेको गोदाम कानून बमोजिम खानतलासी गर्दा चामल २० के.जी. को ३ सय ११ बोराको ६ हजार २ सय २० के.जी. अन्दाजी मुल्य रु. ५ लाख बराबरको चामल बरामद गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको छ ।