दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २० पौष । विभिन्न कम्पनी तथा ब्राण्ड का भारतीय चामलहरू भन्सार छली चोरी पैठारी गरी वीरगञ्जमा ल्याई अनाधिकृत रूपमा भण्डारण गरी राखेको छ, भन्ने विशेष सूचना प्राप्त हुनासाथ बुधबार जिल्ला प्रहरी कार्यालय, पर्सा, वडा प्रहरी कार्यालय, विर्ता तथा वडा प्रहरी कार्यालय, श्रीपुर पर्सा बाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. ११ रानीघाटमा लुकाइ छिपाइ भण्डारण गरी राखिएको कृष्णा साह, सुनिल साह र देवनारायण साहको गोदामहरू कानून बमोजिम खानतलासी गर्दा चामल ९ सय ०५ बोरा  ( २०, २४ र २६ के. जी. का बोराहरू) रु. १३ लाख ६० हजार ०८ सय बराबरका चामलहरू बरामद गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको कुरा पर्सा प्रहरी का प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।