दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ०६ चैत । सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा आईतबार राती करिब ०९:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका भित्र रहेका ईनर्वागाउँ, नगवा र छपकैया स्थितबाट अवैध रूपमा भन्सार छली ओसार पसार गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिई बरामद गरिएका रू. ५ लाख ७० हजार ७ सय १० बराबरका विभिन्न किसिमका लत्ताकपडा तथा खाद्यान्न सामाग्रीहरू आवश्यक कारवाहीको लागि सोमबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।