दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २४ श्रावण । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब १२:३० बजेको समयमा भारतबाट भन्सार छली चोरी पैठारी गरी भित्राइएका विभिन्न ब्राण्डका चक्लेटहरू वीरञ्ज महानगरपालिका वडा नं. ०७, कुम्हालटोल स्थितमा घरकोठा भाडामा लिई अनाधिकृतरूपमा भण्डारण गरेको हुँदा त्यहाँ बाट खटिएको प्रहरी टोलीले ७४ कार्टुन अन्ाजी मूल्य रू. ४ लाख ४९ हजार ४० बराबरको बिभिन्न किसिमका चक्लेटहरू बरामद गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।