दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २४ असार । जिल्ला प्रहरी कार्यालय, पर्सा र वडा प्रहरी कार्यालय, श्रीपुर बाट खटिएको प्रहरी टोलीले आईतबार बीरगंज महानगरपालिकाको विभिन्न स्थानहरुबाट भन्सार छली चोरी पैठारी गरी ल्याएका विभिन्न किसिमका कपडाहरु आफ्नो नियन्त्रणमा लिएका छन् ।

यसै क्रममा जिल्ला प्रहरी कार्यालय, पर्सा बाट खटिएको प्रहरी टोलीले लेडिज कुर्ता सुरुवाल-५० पिस अंदाजी मुल्य रु. ३० हजार, यसैगरी वडा प्रहरी कार्यालय, श्रीपुर बाट खटिएको प्रहरी टोलीले बच्चाको कुर्ता सुरुवाल-५६ पिस, लेडिज कुर्ता सुरुवाल-४१ पिस, साडी-५२ पिस तथा कष्मेटिक सामानहरू-१ सय ६० पिस गरि अंदाजी मूल्य रू. ४ लाख गरि जम्मा रु. ४ लाख ३० हजार बराबरको विभिन्न किसिमका तस्करीका कपडाहरु आवश्यक कारवाहीको लागि आज बीरगंज भन्सार कार्यालय, पर्सा मा बुझाईएको कुरा प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकी ले बताएका छन् ।