दीपेन्द्र प्रजापति/कालो झोला ।

वैशाली, २७ माघ । सार्क जर्नलिस्ट फोरम इंडिया च्याप्टरको बिहार अध्यक्ष एवं वरिष्ठ पत्रकार डा. शशी भूषण कुमार ले सामाजिक सञ्जाल मार्फत स्वागत गर्दै भारतीय रेल मन्त्री अश्विनी वैष्णव तथा यातायात मन्त्री नितिन गडकरी संग यस अतिआवश्यक शीर्षकहरु माथि सौहार्दपूर्ण छलफल गर्नुपर्ने मांग गरेका छन् ।

राज्य सभा सांसद सीमा द्विवेदी ले रेलवे र रोडवेज मा मान्यता प्राप्त संचारकर्मीहरुको लागि छुटको मांग गरेकी छन् । राज्य सभा मा बीजेपी सांसद सीमा द्विवेदी ले कोरोनाकाल पछि बन्द भएको छुट पुन: संचालन गर्नु पर्ने मांग राख्दै भनिन् कि संचारकर्मी लाई रेलवेमा यात्रा गर्दा छुट को व्यवस्था गरिएको थियो तर कोरोनाकाल बाट नै बन्द गरिएको थियो । उनी भनिन् यसको अलावा टोल नाकाहरु मा पनि संचारकर्मी लाई छुट दिइन्थ्यो अब पुन: संचालन गर्नु पर्ने मा जोड दिएकी छन् ।

सांसद द्विवेदी को यस मांग लाई स्वागत गर्दै सार्क जर्नलिस्ट फोरम इंडिया च्याप्टरको बिहार अध्यक्ष डा. शशी भूषण कुमार ले सामाजिक सञ्जालमा स्वागत गर्दै रेल मन्त्री अश्विनी वैष्णव र यातायत मंत्री नितिन गडकरी संग यस अति आवश्यक विषयहरु माथि सहानुभूति पुर्वक बिचार विमर्श गर्नु पर्ने मांग गरेका छन् ।

डा. कुमार ले भने, कि संचारकर्मीहरुको यस मांग लाई सबै सांसद र विधायकहरुले समर्थन गर्नु पर्छ । संचारकर्मीहरुको यस मांग को सार्क जर्नलिस्ट फोरम इंडिया च्याप्टर, बिहारको महासचिव अमित कुमार विश्वास, कुन्दन कृष्णा तथा प्रिंस कुमार ले पनि समर्थन गरेका छन् ।