भारत सरकार द्वारा नेपाललाई निर्वाचनको लागि चौथो खेप विभिन्न सहयोग प्रदान-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १७ फागुन । भारत सरकार बाट नेपाललाई निर्वाचन सम्बन्धी सहायताको चौथो किस्ता आईतबार को दिन बीरगंजमा आयोजित एक कार्यक्रममा महावाणिज्य दूत देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई औपचारिक रूपमा हस्तान्तरण गर्नु भएको छ ।

नेपालमा आगामी चुनावको तयारीका लागि नेपाल सरकार द्वारा निवेदन गरिए अनुसार, नेपाल सरकारलाई उपहार स्वरूप दिइएको सहयोगको चौथो किस्तामा ३० वटा वन टन ट्रक र अन्य सामग्रीहरू समावेश रहेका छन् ।

आफ्नो मन्तव्यमा, प्रमुख जिल्ला अधिकारी श्री भोला दाहालज्यूले नेपाललाई समयमै निर्वाचन सम्बन्धी सहायता प्रदान गरेकोमा भारत सरकारलाई धन्यवाद दिनु भएको छ ।

भारत सरकार बाट ५ सय ८० भन्दा बढी सवारी साधन र अन्य सामग्रीहरू निर्वाचन सम्बन्धी सहायताको पहिलो तीन किस्ताहरू पहिले नै नेपाललाई हस्तान्तरण भइसकेका छन् ।

भारतीय पक्ष बाट जारी सहयोग र समर्थनले दुवै देशहरू बीच रहेको बहुआयामिक र बहुक्षेत्रीय विकास साझेदारीलाई प्रतिबिम्बित गरेको छ ।

यो भारत र नेपालको जनता बीचको गहिरो पारस्परिक विश्वास र मित्रताको पनि प्रतीक मानिन्छ ।

  • Bishnu Timalsina

    Related Posts

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौँ । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 32 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 27 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 28 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 18 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 32 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि