दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १५ फागुन । पर्सा जिल्लामा रहेको मदिरा व्यवसायी संघ द्वारा जिल्ला प्रशासन कार्यालय, पर्सा का प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले मदिरा बिक्री वितरण बन्द गर्ने निर्णय अन्य जिल्ला भन्दा करिब ७ दिन अगाडि लागू गरेको विषय प्रति पर्सा जिल्लाका सम्पूर्ण मदिरा व्यवसायीहरूको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

हाल प्राप्त जानकारी अनुसार अन्य धेरै जिल्लाहरूमा मदिरा बिक्री वितरण फागुन १८ गते देखि बन्द गर्ने निर्णय गरिएको भएतापनि पर्सा जिल्लामा मात्र फरक मिति तोकिनु व्यवसायीहरूको लागि अत्यन्त अन्यायपूर्ण, विभेदपूर्ण र अन्योलपूर्ण देखिएको छ ।

एउटै देश भित्र एउटै प्रकृतिको व्यवसायमा फरक–फरक नियम लागू हुनु उचित मान्न सकिँदैन ।मदिरा व्यवसाय केवल व्यापार मात्र नभई हजारौं परिवारको जीविकोपार्जनको आधार हो । यस व्यवसायमा संलग्न व्यवसायीहरूले राज्यलाई नियमित रूपमा कर तिर्दै आएका छन् र सोही कर बाट राज्य सञ्चालनमा समेत योगदान पुगिरहेको छ । तर यस्ता निर्णयहरू बिना स्पष्ट कारण र बिना समान मापदण्ड लागू गरिँदा व्यवसायीहरू आर्थिक रूपमा ठूलो मारमा पर्ने अवस्था सिर्जना भएको छ ।

विशेषगरी अहिलेको अवस्थामा धेरै व्यवसायीहरूले बैंकबाट ऋण लिएको, गोदाम तथा पसलमा ठूलो परिमाणमा मालसामान मौज्दात रहेको, भाडा, कर्मचारी तलब, ब्याज तथा अन्य खर्च निरन्तर तिर्नुपर्ने अवस्थाले गर्दा अचानक अन्य जिल्लाभन्दा धेरै दिन अगाडि बिक्री बन्द गरिनु व्यवसायीहरूको लागि गम्भीर आर्थिक संकट निम्त्याउने विषय हो ।

त्यसैले पर्सा जिल्लामा मात्र फरक मिति तोकिएको निर्णयको कानुनी आधार, कारण र प्रक्रिया के हो भन्ने विषयमा सम्बन्धित निकायले तत्काल स्पष्ट जानकारी गराउन जोडदार माग गर्दछौं । साथै देशभर समान रूपमा लागू हुने एकरूप मिति र मापदण्ड कायम गर्न सम्बन्धित निकायले गम्भीर रूपमा पुनर्विचार गर्नुपर्ने आवश्यकता देखिन्छ ।

अन्यथा यस निर्णयबाट उत्पन्न हुने व्यवसायीहरूको आर्थिक क्षति, समस्या तथा असहज परिस्थितिको जिम्मेवारी सम्बन्धित निकायले नै लिनुपर्ने अवस्था आउनेतर्फ पनि हामी सम्बन्धित सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं ।

  • Bishnu Timalsina

    Related Posts

    वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, २७ फागुन । वीरगंज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा प्लास्टिक जन्य फोहोर व्यवस्थापनका लागि निर्माण भइरहेको प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ…

    नेशनल मेडिकल कलेज द्वारा नयाँ शैक्षिक सत्रका विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ फागुन । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जले शैक्षिक सत्र २०८२/०८३ का प्रथम वर्षका एम.बी.बी.एस., बी.डी.एस., बी.एस्सी. नर्सिङ, बीएनएस, बीएमएलटी तथा बीएमआईटी कार्यक्रमका…

    पहिलो

    इरानमा मृत्यु भएका बालबालिकाका अभिभावकलाई चीनको २ लाख डलर सहयोग

    • March 13, 2026
    • 29 views
    इरानमा मृत्यु भएका बालबालिकाका अभिभावकलाई चीनको २ लाख डलर सहयोग

    स्याफ्रुबेशी-रसुवागढी सडक १५ दिन बन्द हुने

    • March 13, 2026
    • 27 views
    स्याफ्रुबेशी-रसुवागढी सडक १५ दिन बन्द हुने

    अमेरिकी इन्धन आपूर्ति विमानमा दुर्घटनामा चार सैनिकको मृत्यु, दुईको खोजी जारी

    • March 13, 2026
    • 15 views
    अमेरिकी इन्धन आपूर्ति विमानमा दुर्घटनामा चार सैनिकको मृत्यु, दुईको खोजी जारी

    कम्बोडियामा अलपत्र परेका २१ नेपालीको उद्धार गरी नेपाल फर्काइयो

    • March 13, 2026
    • 24 views
    कम्बोडियामा अलपत्र परेका २१ नेपालीको उद्धार गरी नेपाल फर्काइयो

    पोखरामा शहरी स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजनाको अध्ययन सम्पन्न

    • March 13, 2026
    • 20 views
    पोखरामा शहरी स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजनाको अध्ययन सम्पन्न

    मेरो प्राथमिकता टिममा रणनीतिक सुधार ल्याउनुमा हुनेछ- प्रशिक्षक एरेना

    • March 13, 2026
    • 31 views
    मेरो प्राथमिकता टिममा रणनीतिक सुधार ल्याउनुमा हुनेछ- प्रशिक्षक एरेना