दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २२ माघ । वडा प्रहरी कार्यालय, विर्ता र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय, वीरगञ्ज बाट खटिएको संयुक्त प्रहरी टोलीले आईतबार अपरान्ह करिब १२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६, रजतजयन्ती चोक स्थित सडक खण्डमा विभिन्न सवारी साधन तथा पैदल यात्रीहरूलाई चेकजाँच गर्ने क्रममा  ना. २ च ७९०५ नम्बरको टाटा सुमो भिक्टा गाडीलाई  रोकी चेक जाँच गर्दा पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं. ०१, बिसुनपुर्वा बस्ने वर्ष २० को अबु अयुव असरफ तथा वीरगञ्ज महानगरपालिका वडा नं. ०२, छपकैया बस्ने वर्ष २८ को ईजहार आलमले उल्लेखित नम्बरको गाडीको बर्नट भित्र सेतो प्लाष्टिकको २ वटा बोराभित्र लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागु औषध Onrex 100 ml को ३ सय ५८ बोत्तल फेला परेको हुँदा उल्लेखित नम्बरको टाटा सुमो भिक्टा, उल्लेखित परिमाणको लागु औषध सहित निजहरूलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय, पर्सा मा पठाई  थप अनुसन्धान कार्य भैरहेको कुरा प्रहरी निरीक्षक विशाल मल्लले बताएका छन्  ।