दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २९ असार । बीरगन्ज महानगरपालिका को बसपार्क स्थित रहेको भानु चोकमा अवस्थित आदि कवि भानुभक्त आचार्यको शालिक बीरगन्ज महानगर पालिकाले पुनर्निर्माण गरेको छ ।

आज बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको विशेष उपस्तिथिमा नेपाल सरकारबाट देवकोटा पुरस्कारबाट पुरस्कृत वरिष्ठ साहित्यकार भवानी क्षेत्री र नारायणी वाङ्गमय प्रतिष्ठानका अध्यक्ष डा. विशम्भर शर्माले संयुक्तरूपमा अनावरण गर्नु भएको छ ।

मधेश आन्दोलन को बखत राजा देखि राणाकालिन सहिदहरुको स्थापना भएको शालिकहरु भत्काउने काम गरियो र अहिले आएर पुन: निर्माण हुन लागेको हो । त्यसै क्रममा बीरगंज महानगरपालिका ले आज आदि कवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्ती को उपलक्ष्यमा बस पार्क स्थित रहेको पुरानै भानु चोक लाई सधै स्मरणीय बनाउन यो शालिक स्थापना गरेको छ ।