दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २४ कार्तिक । पर्सा क्षेत्र नम्बर २ का (ख) बाट प्रदेश सभा सदस्य पदको लागि उम्मेदवारी दिएका बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट रमेश कुर्मी प्रति जनलहर बढ्दै गईरहेको छ ।

बिहिबार क्षेत्र नम्बर २ को (ख) मा पर्ने बहुदरमाई नगरपालिकाको वडा नं. ०२ मा आयोजित घरदैलो कार्यक्रममा स्थानियको अपार जनसहभागिताले नेता कुर्मी प्रतिको जनलहर बढ्दै गईरहेको देखिन्छ ।

बिगत पाँच वर्ष मा लोकप्रिय एवं विकास प्रेमी नेताको रुपमा पहिचान स्थापित गर्न सफल रहेका नेता कुर्मीले आफनो निर्वाचन क्षेत्रमा विकासको धारा प्रभाव गर्नको लागि आफूलाई नै विजय गराउँन मतदातालाई आग्रह गर्नु भएको छ ।

मधेश प्रदेश सभा सदस्य रहँदा नेता कुर्मीले आफनो क्षेत्रको भौतिक पूर्वाधार, सडक, विद्यालय, सिचाई, मठमन्दिर, मस्जिद, नाला निर्माण जस्ता विकास निर्माणमा ठूलो नै योगदान पुर्याएका छन । अधुरो योजनालाई पुरा गराउँन र बाँकी रहेको विकास निर्माणको कार्यलाई पुरा गराउँन आफूलाई पुन: विजय गराउँन मतदाताहरु सँग आग्रह समेत गरेका छन् ।

अहिले केहि ठेकेदारहरु आफू जनताको सच्चा सेवक रहेको बताउँदै जनतालाई भ्रमित पार्दै हिडेकाले त्यस्ता ठेकेदारहरु संग सावधान रहन मतदातालाई सुझाव समेत दिदैं उहाँले बाम लोकतान्त्रिक गठबन्धनको सरकारले नै देशको हितमा रहेको हुनाले यो गठबन्धनका उम्मेदवारहरुलाई नै बहुमतका साथ विजय गराउन स्थानिय मतदाताहरु संग आग्रह समेत गरिरहेका छन् ।

घरदैलोका पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अजय चौरसिया, क्षेत्र नम्बर २ कै (क) तर्फको प्रदेश सभा सदस्य उम्मेदवार श्याम पटेल लगायतको नेता कार्यकर्ताहरुले जनताको घर घरमा पुगेर बामलोकतान्त्रिक गठबन्धनकै उम्मेदवारलाई विजय गराउँन आग्रह समेत गरेका थिए ।

उक्त घरदैलो कार्यक्रम बहुदरमाई नगरपालिका वडा नं. ०२ को बैरिया बिर्ता, सिसियाडी तथा पिपरामा टोलमा रहेकोले स्थानिय मतदाताहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।