महावीर पुनको बालेन, रवि, हर्क र कुलमानलाई सुझाव- राजनीति नै गर्ने हो भने झगडा नगर, संयुक्त मोर्चा बनाउ

पूर्व शिक्षामन्त्री तथा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका महावीर पुनले नेपालमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था आए आफू पनि स्वतन्त्र रूपमा प्रधानमन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भने- ‘यदि नेपालमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री बन्ने शासन प्रणाली आयो भने म स्वतन्त्र उम्मेदवारका रूपमा उठ्छु र जित्नेमा विश्वस्त छु ।’ 

यद्यपि उनले यस्तो प्रणाली पुराना राजनीतिक दलहरूले सहजै लागू गर्न नदिने दाबी गरे । पुनले नयाँ राजनीतिक शक्ति र स्वतन्त्र अभियानहरूबीच एकता अपरिहार्य रहेको औंल्याउँदै संयुक्त मोर्चा बनाएर चुनाव लड्नुपर्ने बताए । उनका अनुसार नयाँ शक्तिहरू एकजुट भई दुई तिहाइ बहुमत ल्याउन सके मात्र देशमा संरचनात्मक परिवर्तन सम्भव हुन्छ ।

तर, उनले हाल देखिएको विभाजनप्रति असन्तुष्टि जनाउँदै धरानका पूर्व मेयर हर्क साम्पाङ, नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन शाहबीच सहकार्य हुनु पर्ने बताएका छन् ।

उनले भनेका छन्- ‘यदि नयाँ शक्तिहरूबीच एकता भएन भने यो चुनावपछि पनि उस्तै किसिमको सरकार बन्ने सम्भावना बढ्छ । राजनिति नै गर्ने हो भने झगडा नगर, संयुक्त मोर्चा बनाउ ।’ 

  • Related Posts

    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    गोरखा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) का सुदन गुरुङले अग्रता लिएका छन् ।  पछिल्लो मत गणनाको अपडेट अनुसार गुरुङले ८ हजार ९९२ मत प्राप्त गरेर अग्रता बनाएका छन् ।…

    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

     प्रतिनिधि सभाको निर्वाचनको ११ स्थानको मात्र नतिजा आउन बाँकी रहेको छ । अहिलेसम्म रास्वपाले ११८ स्थानमा जित हासिल गरेको छ भने ७ स्थानमा अझै अगाडी रहेको छ । रास्वपा सुनसरी-…

    पहिलो

    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    • March 8, 2026
    • 10 views
    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    • March 8, 2026
    • 15 views
    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    • March 8, 2026
    • 15 views
    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    • March 8, 2026
    • 22 views
    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    • March 8, 2026
    • 13 views
    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो

    • March 8, 2026
    • 21 views
    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो