काठमाडौँ, माघ १६ गते । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग आज भेट गरेको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी सम्मिलित प्रतिनिधि मण्डलले मन्त्री भण्डारीलाई उहाँको कार्यकक्ष सिंहदरवार पुगी उद्योग व्यवसाय प्रवद्र्धनका बिषयमा जानकारी गराएको थियो । सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले अस्थीर ब्याज दरका कारण विशेष गरि साना व्यवसायी अत्यन्त प्रताडित हुनुपरेको बताउनु भयो ।

इन्धनको मुल्य समायोजन हुन नसक्दा लागत बढ्न गई मुद्रा स्फितिमा समेत चाप परेको, उद्योगहरुमा अघोषित लोडसेडिंगका कारण उत्पादन थप प्रभावित बनेको, बजारमा उधारोको समस्या विकराल बन्दै गएको अवस्थामा उधारो उठाउनेसम्बन्धि कानुन यथाशीघ्र ल्याउनुु पर्ने, कोभिड यता लगानी हुन नसकेका कारण आगामी केही बर्ष अर्थतन्त्रमा समस्या कायम रहने लगायतका विषयहरु अध्यक्ष गोल्छाले सो अवसरमा राख्नुु भयो ।

भेटवार्तामा राष्ट्रिय आर्थिक रुपान्तरण नेट २०३० कार्यान्वयन बारे गत साउनमा महासंघ र सरकारबिच समझदारी भएकाले यसको निरन्तरता र सहकार्यका लागि मन्त्री भण्डारीसँग आग्रह गरियो ।

महासंघको पहलमा तयार भएको स्टार्ट अप नीतिका सम्बन्धमा अन्तिम छलफल गरि पारित गर्न समेत सो अवसरमा महासंघका तर्फबाट आग्रह गरियो । यस सम्बन्धमा आवश्यक छलफल आयोजना गर्न महासंघ तयार रहेको पनि सो अवसरमा जानकारी गराइयो ।

माननीय मन्त्री भण्डारीले स्टार्ट अप नीति अन्तिम चरणमा पुगेको र छिट्टै पारित हुने बताउनु भयो । महासंघले सम्माननीय प्रधानमन्त्रीज्यूको आशन्न भारत भ्रमणका क्रममा नया“ दिल्लीमा नेपाल भारत लगानी सम्मेलन आयोजना गर्ने र त्यसमा भारत स्थित महासंघको साझेदार संस्था सिआईआई सह–आयोजक रहने कार्यक्रम रहेकाले यसमा मन्त्रालयका तर्फबाट आवश्यक समन्वय गरि दिन समेत सो अवसरमा आग्रह
गरियो ।

भेटवार्तामा भारतले अहिले गहुँ आयात रोक्दा नेपाली मैदा मिलहरु समस्यामा परेकाले यसको निराकरणका लागि सरकारबाट यथाशीघ्र पहल हुनु पर्नेमा जोड दिइयो । यसबारे भारतसंग छलफल भैसकेको र तत्काल आयात खुल्ने मन्त्री भण्डारीले जानकारी दिनुभयो ।

नेपालबाट भारत निर्यात गर्दा जारि हुने उत्पत्तिको प्रमाणपत्रको अनलाइन प्रक्रियालाई भारतले मान्यता नदिएकाले यसमा सहयोग गर्न समेत महासंघका तर्फबाट सो अवसरमा सुुझाव दिइयो ।

मन्त्रालयसँगको साझेदारी अनुसार सबै प्रदेशमा इन्कुवेसन केन्द्र स्थापना गर्न महासंघ संग सहकार्य गर्ने उल्लेख भएकाले यसलाई जतिसक्दो छिटो कार्यान्वयनमा लैजानुु पर्ने धारणा सो अवसरमा व्यक्त गरियो । साथै साना तथा मझौला उद्यमीका लागि महासंघले सहयोग केन्द्र तथा वैदेशिक लगानी सहायता केन्द्र स्थापना गरेकाले सरकारसंगको सहकार्यका लागि आग्रह गरिएको थियो ।

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भण्डारीले महासंघका तर्फबाट राखिएका सुुझावलाई आफूले अगाडी बढाउने र महासंघसंग नियमित सम्वाद र नजिकमा रहेर कार्य गर्ने विश्वास दिलाउनुु भयो ।

मन्त्री भण्डारीले वन्द हडताल एवं लोडसेडिंगका कारण उत्पादन वन्द हुने अवस्था आउन नदिन मन्त्रालयले विशेष पहल गर्ने आश्वासन पनि दिनुभयो । यसैगरि बजेटको मध्यावधि समिक्षा मार्पmत सरकारको खर्च बढाउन विशेष योजना सार्वजनिक गरिने जानकारी पनि उहा“ले दिनुभयो । उहाले व्यवसायीको मनोबल बढाउन मन्त्रालयले निरन्तर सहकार्य गर्ने विश्वास पनि दिलाउनु भयो ।