काठमाडाँै, २ जेठ : मिथिला संस्कृति समाजले मिथिला र जनकपुरको सांस्कृतिक क्षेत्रमा सक्रिय विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । जमलस्थित राष्ट्रिय नाचघरमा समाजद्वारा आयोजित “सीता प्राकट्य दिवस समारोह” मा आज ति व्यक्तिलाई सम्मान गरिएको हो । त्यसअवसरमा जसमाडा रोणा झा, मिथिला नाट्यकला परिषद्की रिना रिमाल, पत्रकार अर्चना झा, कलाकार महेश कुमार, कृष्णकुमारी साहलगायतलाई सम्मान गरिएको हो । कार्यक्रममा राष्ट्रिय महिला आयोगकी सदस्य विद्याकुमारी सिन्हा, मधेशी आयोगकी सदस्य रेणुदेवी साह र मिथिला संस्कृति समाजका अध्यक्ष वीरेन्द्र ठाकुरले सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा मिथिला क्षेत्र र जनकपुरको सांस्कृतिक पक्षबारे चर्चा गरिएको थियो
मिथिला संस्कृति समाजद्वारा विभिन्न व्यक्ति सम्मानित
वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम

वीरगंजमा महानगर र व्यवसायी बीच सहमति, विद्यालय–अस्पताल आसपासमा पान गुट्का तथा सुर्तीजन्य पदार्थ विक्रिमा कडाई-
