मृत्युपछि फेरी जीवित हुने आशामा मृत शरीरलाई संरक्षण गरिदै !

काठमाडौँ । मृत्यु सामान्यतः शरीरको अन्त्यका रूपमा बुझिन्छ । तर विश्वका केही मानिसले यसलाई अन्त्य नभई ‘अस्थायी विराम’ मानेर भविष्यमा फेरि जीवित हुने आशामा आफ्नै शरीर संरक्षण गर्ने प्रविधि अपनाइरहेका छन् ।

एमआइटी टेक्नोलोजी रिभ्युका अनुसार ‘क्रायोनिक्स’ नामक विधिबाट मानिसले आफ्नो शरीर वा केवल मस्तिष्कलाई माइनस १९६ डिग्री सेल्सियस तापक्रममा तरल नाइट्रोजनभित्र संरक्षण गरिरहेका छन् । भविष्यमा विज्ञान अझ विकसित भएपछि पुनः जीवन दिन सकिने विश्वासका आधारमा यस्तो अभ्यास बढ्दै गएको हो ।

यो प्रविधि नयाँ भने होइन । सन् १९६७ मा जेम्स बेडफोर्ड पहिलो व्यक्ति बनेका थिए, जसलाई यसरी संरक्षण गरिएको थियो । करिब ६० वर्ष पुरानो यो विधिमा प्रारम्भिक अवस्थामा धेरै सीमितता भए पनि हाल केही सुधार आएको बताइएको छ ।

यस प्रक्रियामा मृत्यु भएपछि शरीरलाई छिटो चिस्याइन्छ । त्यसपछि रगतको सट्टा विशेष रसायन हालिन्छ, जसले कोषिकामा बरफ जम्न दिँदैन । त्यसपछि शरीरलाई क्रमशः माइनस १९६ डिग्रीसम्म चिस्याएर काँचजस्तो अवस्थामा राखिन्छ । केहीले पूरा शरीर संरक्षण गराउछन् भने केहीले केवल मस्तिष्क मात्र सुरक्षित राख्ने गर्छन्, किनकि स्मरण शक्ति र पहिचान मस्तिष्कसँग जोडिएको मानिन्छ ।

भविष्यमा विकसित हुने प्रविधिबाट मस्तिष्कलाई नयाँ शरीर वा अन्य प्रणालीसँग जोड्न सकिने सम्भावनाबारे अनुसन्धान भइरहेको बताइएको छ । तर अहिलेको अवस्थामा सबैभन्दा ठूलो चुनौती भनेको संरक्षणका क्रममा कोषिका र तन्तुमा हुने क्षति हो, विशेषगरी मस्तिष्कमा। त्यसैले पुनः जीवित गराउने प्रविधि अझै व्यवहारिक रूपमा सम्भव भइसकेको छैन ।

हाल विश्वमा केही संस्थाले यस्तो सेवा प्रदान गरिरहेका छन् । अहिलेसम्म ५ सयभन्दा बढी मानिस यस विधिबाट संरक्षण गरिसकेका छन् भने हजारौंले भविष्यका लागि नाम दर्ता गराएका छन् । पूरा शरीर संरक्षण गर्न करिब २ लाख २० हजार डलर सम्म खर्च लाग्ने बताइएको छ । केवल मस्तिष्क संरक्षणका लागि भने करिब ८० हजार डलर खर्च हुने रिपोर्टमा उल्लेख छ । केही व्यक्तिले यसका लागि बीमाको सहारा समेत लिने गरेका छन् ।

सम्भवतः मानिसहरूले क्रायोनिक संरक्षण रोज्न नचाहनुको मुख्य कारण भनेको अहिले हामीसँग मृत व्यक्तिलाई पुनः जीवन दिन सक्ने कुनै ठोस उपाय नहुनु हो । बेडफोर्ड पाँच दशकभन्दा बढी समयदेखि संरक्षणमा छन् भने कोल्स एक दशकभन्दा बढी समयदेखि यस्तै अवस्थामा छन् । वैज्ञानिकहरूले भने यस्ता अवशेषलाई पुनः जीवित गराउने सम्भावना अत्यन्त न्यून रहेको बताउछन् ।

यद्यपि, सम्भावना अत्यन्त सानो भए पनि शून्यभन्दा माथि हुनु केही मानिसका लागि पर्याप्त ठहरिएको छ । त्यसमध्ये अल्कोर संस्थाका अनुसन्धान तथा विकास निर्देशक निक लुवेलिन पनि पर्छन् । उनी भन्छन्, एक वैज्ञानिकका रूपमा पुनर्जीवन सफल हुने सम्भावना निकै कम रहेको स्वीकार गर्छन् । तर भविष्य कस्तो हुनेछ भन्ने जान्ने उत्सुकताले उनले आफ्नै मस्तिष्क क्रायोनिक संरक्षणका लागि दर्ता गराएका छन् ।

तर म्यासाचुसेट्स जनरल अस्पतालकी क्रायोबायोलोजिस्ट श्यानन टेसियर भने यस्तो प्रविधि पूर्ण रूपमा सफल भए पनि आफू सहभागी नहुने बताउछिन् । उनका अनुसार यो विषय अन्ततः दार्शनिक प्रश्नमा रूपान्तरित हुन्छ । उनी भन्छिन्- ‘के म सयौं वर्षपछि फेरि जीवित हुन चाहन्छु, जब मेरो परिवार रहँदैन र जीवन पूर्ण रूपमा फरक भइसकेको हुन्छ ?’ उनका अनुसार यसमा धेरै जटिल दार्शनिक, सामाजिक र कानुनी प्रश्नहरू समेटिएका छन्, जसबारे गम्भीर रूपमा सोच्न आवश्यक छ ।

  • Related Posts

    संयुक्त राष्ट्र संघको सत्रमा सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले CEPA का उपाध्यक्ष रोल्फ अल्टरलाई भेंटे-

    न्यूयोर्क, ०३ वैशाख । सार्क पत्रकार मञ्च (SJF) का अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामाले न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा जारी २५ औं CEPA सत्रको क्रममा संयुक्त राष्ट्र संघीय सार्वजनिक प्रशासन विशेषज्ञ…

    जबरजस्ती करणी गरेको अभियोगमा धनकुटाबाट एक जना पक्राउ

    धनकुटामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-६ गुठ बस्ने ४२ वर्षीय धन बहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।  धन बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने…

    पहिलो

    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    • April 16, 2026
    • 28 views
    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    • April 16, 2026
    • 21 views
    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

    • April 16, 2026
    • 23 views
    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

    संबिधानप्रति प्रतिबद्ध छौं, सरकारलाई शंका नगरौं- मन्त्री वाग्ले

    • April 16, 2026
    • 21 views
    संबिधानप्रति प्रतिबद्ध छौं, सरकारलाई शंका नगरौं- मन्त्री वाग्ले

    संयुक्त राष्ट्र संघको सत्रमा सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले CEPA का उपाध्यक्ष रोल्फ अल्टरलाई भेंटे-

    • April 16, 2026
    • 138 views
    संयुक्त राष्ट्र संघको सत्रमा सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले CEPA का उपाध्यक्ष रोल्फ अल्टरलाई भेंटे-

    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

    • April 16, 2026
    • 20 views
    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ