गोबिन्द राज ओझा (राजन)

मेरो नेपाल मेरो देश तिमी अनन्त शान्तिमय छौ 

आँखाहरू रसाउँछन् सम्झनामा राख्छौ

मनमा देशका सम्झनाहरू भरिएका छन्

उच्च हिमालयका चुचुराहरूमा झन्डा फहराउँछन्

विश्व प्रख्यात हिमालय चम्किरहेका छन्

पवित्र गङ्गा हिमाल,पहाड,तराईलाई  हल्याउदै बग्छन्  

जय जय प्रिय,सुन्दर हाम्रो देश

आफ्नो सपना सत्य निर्माण गर्छ देश

जीवनमा नवीन तरङ्गहरू छन्,

देश भक्ति भित्र सारा खुसी छन्

स्वतन्त्र देश शान्तिको देश हो यो चिन्नुपर्छ हामीले पनि

जगत् साराले चिन्दछ अखण्ड  राष्ट्र नेपाल भनी

सबै मिलेर विश्व शान्तिको गीत गाउँछन्

यो हाम्रो देश नेपाल ऋषि मुनिहरूको तपो भूमि भनेर चिन्दछन्

जसको सारा संसारमा सम्मान छ, जसको महिमा अपार छ

मैले नेपाल माताको खुसी कवितामा लेख्नु छ

संसार घुमे पनि यो हृदय करुणाले भरिएको छ

सुन्दर हिमाल सम्झी कविता लेख्नु छ

गङ्गा जस्तै पवित्र उसको हृदय धेरै शुद्ध छ

मातृभूमिका गीतहरू एकसाथ गाउनु छ

हाम्रो प्यारो देश नेपाल  हामी सबैको प्यारो छ 

मेरो देशमा वीरता र मानवता छ

जसको सारा संसारमा सम्मान छ, जसको महिमा अपार छ

मातृभूमिका गीतहरू एकसाथ गाउनु छ

  •  ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी