मेरो प्राथमिकता टिममा रणनीतिक सुधार ल्याउनुमा हुनेछ- प्रशिक्षक एरेना

नेपाली पुरुष राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा नियक्त भएका  स्वीट्जरल्यान्डका गुग्लिएल्मो एरेनाले विगतका दिनहरूमा भएका कमजोरी र गल्तीलाई नदोहोर्याइ अघि बढ्ने बताएका छन् । 

प्रशिक्षकमा नियुक्त भएपछि पहिलो पटक शुक्रबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा पत्रकार सम्मेलनमा बोल्दै एरेनाले विज्ञका गल्ति कमजोरीलाई नहोदोराउने बताउदै आफ्नो लक्ष्य राष्ट्रिय टिमलाई साफ च्याम्पियनसिप जिताउने भएको बताएका हुन् ।    

उनले भने- ‘म नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त हुन पाउँदा एकदमै खुसी भएको छु । मेरो लक्ष्य भनेको राष्ट्रिय टिमलाई साफ च्याम्पियनसिप जिताउने नै हो । विगतका दिनहरूमा भएका कमजोरी र गल्तीलाई नदोहोर्याइ अघि बढ्नेछु ।’

उनले नेपाली खेलाडीहरु धेरै क्षमतावान रहेको बताउँदै उनले  आफ्नो प्राथमिकता रणनीतिक रूपमा टिममा सुधार ल्याउनमा हुने स्पष्ट गरेका छन् ।

उनलाई बिहीबार एन्फा किरण राईले नियुक्तिपत्र दिएका थिए । उनको नेतृत्वमा नेपाली राष्ट्रिय फुटबल टिमले चैत्र १२ मा दशरथ रंगशालामा हङकङ चाइनासँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।

  • Related Posts

    आइपिएलमा आज चेन्नई र मुम्बईबीच भिडन्त

    काठमाडौँ । जारी आइपिएलमा आज एक खेल हुदैछ । आइपिएलमा आज चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्सबीच खेल हुदैछ । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५…

    अनिलको कप्तानीमा अमेरिका र स्कटल्यान्डविरुद्ध खेल्ने नेपाल ए टिमको घोषणा

    काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल ‘ए’ टोलीका लागि खेलाडी छनोट गरेको जनाएको छ । क्यानले मुलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा मे ६ देखि ११ सम्म अमेरिका र स्कटल्यान्डविरुद्ध…

    पहिलो

    के शहनशिलता को उदाहरन बन्दै इरान

    • May 2, 2026
    • 24 views
    के शहनशिलता को उदाहरन बन्दै इरान

    युरोपमा उत्पादित कार तथा ट्रकमा ट्रम्पले लगाए २५ प्रतिशत कर

    • May 2, 2026
    • 22 views
    युरोपमा उत्पादित कार तथा ट्रकमा ट्रम्पले लगाए २५ प्रतिशत कर

    आइपिएलमा आज चेन्नई र मुम्बईबीच भिडन्त

    • May 2, 2026
    • 23 views
    आइपिएलमा आज चेन्नई र मुम्बईबीच भिडन्त

    अनिलको कप्तानीमा अमेरिका र स्कटल्यान्डविरुद्ध खेल्ने नेपाल ए टिमको घोषणा

    • May 2, 2026
    • 22 views
    अनिलको कप्तानीमा अमेरिका र स्कटल्यान्डविरुद्ध खेल्ने नेपाल ए टिमको घोषणा

    के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?

    • May 2, 2026
    • 22 views
    के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?

    बुद्धको १५ फिट लामो सिंहशैय्यासन 

    • May 2, 2026
    • 25 views
    बुद्धको १५ फिट लामो सिंहशैय्यासन